काठमाण्डौ । गत वैशाख ३० र ३१ गते निकै विवादित धितोपत्र कारोबारको राफसाफ क्रमशः आज सोमबार र भोलि मंगलबार हुुने भएको छ।

विश्व महामारी कोरोनाभाइरसको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट हिजो आइतबारसम्म अत्यावश्यकबाहेकका अन्य सम्पूूर्ण सेवाहरु बन्द गर्ने आदेशका कारण उक्त दुुई दिनको सेयर कारोबारको राफसाफ तथा फछ्र्यौट हुने बाँकी थियो। सरकारले आज सोमबारबाट लकडाउनलाई थप खुुकुुलो बनाएकाले उक्त २ दिनको कारोबारको राफसाफ तथा फछर्यौट हुुने भएको हो। 

गत वैशाख ३० गतेको धितोपत्र कारोबार आज सोमबार र वैशाख ३१ गतेको भोलि मंगलबार राफसाफ तथा फछ्र्यौट गरिने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ।

गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण बन्द धितोपत्र बजार गत बैशाख ३० र ३१ गते बजार खुुुल्दा सानासाना कित्ता सेयर कारोबार भएको र बजार सुुनियोजित रुपमा झार्ने प्रयास भएको लगानीकर्ताको आरोपमा थियो। त्यसपछि नेपाल धितोपत्र बोर्डले ती २ दिनका कारोबारबारे विस्तृत अध्ययन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो। 

बोर्डको निर्देशनबमोजिम नेप्सेले अध्ययन गर्दा ती २ दिनको कारोबार सामान्य र नियमित रहेको ठहर गरेको थियो।