काठमाण्डौ । एनआईसी एसिया म्युचुअल फन्डद्वारा सञ्चालित ३ वटा म्युचुअल फन्डमध्ये २ वटाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) वैशाख महिनामा घटेको छ भने एउटाको बढेको छ। 

एनआईसी एसिया क्यापिटलको व्यवस्थापन तथा एनआईसी एसिया बैंकको कोष प्रवर्द्धनमा सञ्चालित एनआईसी एसिया ब्यालेन्सड् फन्ड र ग्रोथ फन्डको न्याभ वैशाखमा घटेको हो भने डाइनामिक डेप्टको न्याभ बढेको हो। 

आज सार्वजनिक वैशाख महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार ब्यालेन्सड् फन्डको न्याभ घटेर १६.२९ रुपैयाँमा सीमित बनेको छ। गत चैतमा न्याभ १६.५५ रुपैयाँ रहेको थियो। 

यो फन्डको सेयरमा लगानी पनि घटेर ६४ करोड ६५ लाख रुपैयाँमा सीमित बनेको छ। गत महिना सेयरमा लगानी ६८ करोड १२ लाख रुपैयाँ रहेको थियो। 

वैशाखसम्म यो १० वर्षे योजनाले ९० करोड ६ लाख रुपैयाँ कुल लगानी गरेको छ। चैतसम्म कुल लगानी ९१ करोड ९६ लाख रुपैयाँ थियो।

कुल नाफा पनि वैशाखमा घटेर ४७ करोड १८ लाख रुपैयाँमा झरेको छ। गत चैतसम्म नाफा ४९ करोड १० लाख रुपैयाँ रहेको थियो।
ग्रोथ फन्डको न्याभ घटेर १७.५५
रुपैयाँमा सीमित बनेको छ। गत चैतमा न्याभ १७.८६ रुपैयाँ रहेको थियो। 

यो फन्डको सेयरमा लगानी पनि घटेर ८८ करोड ७३ लाख रुपैयाँमा सीमित बनेको छ। गत महिना सेयरमा लगानी ९२ करोड ६९ लाख रुपैयाँ रहेको थियो। 

वैशाखसम्म यो ७ वर्षे योजनाले १ अर्ब ७ करोड रुपैयाँ कुल लगानी गरेको छ। चैतसम्म कुल लगानी १ अर्ब ५ करोड रुपैयाँ थियो।

कुल नाफा पनि वैशाखमा घटेर ६२ करोड ८९ लाख रुपैयाँमा झरेको छ। गत चैतसम्म नाफा ६५ करोड ६१ लाख रुपैयाँ रहेको थियो।
डाइनामिक डेप्ट फन्डको न्याभ घटेर ११.१६
रुपैयाँमा सीमित बनेको छ। गत चैतमा न्याभ ११.१० रुपैयाँ रहेको थियो। 

यो फन्डको सेयरमा लगानी पनि घटेर ७ करोड २७ लाख रुपैयाँमा सीमित बनेको छ। गत महिना सेयरमा लगानी ७ करोड ३० लाख रुपैयाँ रहेको थियो। 

वैशाखसम्म यो खुलामुखी योजनाले १९ करोड ८६ लाख रुपैयाँ कुल लगानी गरेको छ। चैतसम्म कुल लगानी १८ करोड ८० लाख रुपैयाँ थियो।

कुल नाफा पनि वैशाखमा बढेर ५ करोड ७७ लाख रुपैयाँमा भएको छ। गत चैतसम्म नाफा ५ करोड ४९ लाख रुपैयाँ रहेको थियो।