काठमाण्डौ । वैशाख महिनामा नेपालमा साढे १ अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। 

उद्योग विभागका अनुसार वैशाखमा २८ परियोजनाका लागि १ अर्ब ६४ करोड रुपैयाँ ८३ लाख २० हजार रुपैयाँबराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको हो। यी परियोजना कार्यान्वयनमा आए १ हजार २७२ जनाले रोजगारी पाउने पनि विभागले जनाएको छ। 

विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा भने २९ अर्ब ७४ करोड १ लाख ४३ हजार ७०४ रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। यो लगानी प्रतिबद्धता २१९ वटा परियोजनाका लागि आएको हो। 

यी परियोजना सञ्चालनमा आएमा १२ हजार १७१ जनाले रोजगारी पाउनेछन्।