काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डका प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) वैशाख महिनामा घटेको छ।
एनआईबिएल एस क्यापिटलको व्यवस्थापन तथा नेपाल इन्भेस्टमेन्ट बैंकको कोष प्रवर्द्धनमा सञ्चालित एनआईबीएल सहभागिता फन्ड, प्रगति फन्ड र समृद्धि फन्ड–१ को न्याभ वैशाखमा घटेको हो।
आज सार्वजनिक वैशाखको अपरिष्कृत वित्तीय विवरण अनुसार सहभागिता फन्डको न्याभ घटेर १७.०४ रुपैयाँमा सीमित बनेको छ। गत चैतमा न्याभ १७.१२ रुपैयाँ रहेको थियो।
यो फन्डको सेयरमा लगानी पनि घटेर २८ करोड २४ लाख रुपैयाँमा सीमित बनेको छ। गत महिना सेयरमा लगानी २८ करोड ६७ लाख रुपैयाँ रहेको थियो।
यस योजनाअन्तर्गत ४० करोड ६६ लाख रुपैयाँ कुल लगानी गरेको छ। चैतसम्म कुल लगानी ३८ करोड ८५ लाख रुपैयाँ थियो।
कुल नाफा पनि वैशाखसम्म घटेर १७ करोड ४० लाख रुपैयाँमा झरेको छ। गत चैतसम्म नाफा १७ करोड ७० लाख रुपैयाँ रहेको थियो।
यसैगरी प्रगति फन्डको न्याभ घटेर वैशाख महिनामा १७.३९ रुपैयाँमा सीमित बनेको छ। गत चैतमा न्याभ १७.६५ रुपैयाँ रहेको थियो।
यो फन्डको सेयरमा लगानी पनि बढेर ९५ करोड ३३ लाख रुपैयाँ पुगेको छ। गत महिना सेयरमा लगानी ९० करोड ८६ लाख रुपैयाँ रहेको थियो।
वैशाखसम्म यस योजनाले १ अर्ब ३ करोड रुपैयाँ कुल लगानी गरेको छ। चैतसम्म कुल लगानी ९८ करोड ९३ लाख रुपैयाँ थियो।
कुल नाफा पनि वैशाखसम्म घटेर ५६ करोड ४२ लाख रुपैयाँमा सीमित बनेको छ। गत चैतसम्म कुल नाफा ५८ करोड ४० लाख रुपैयाँ रहेको थियो।
त्यस्तै समृद्धि फन्ड–१ को न्याभ पनि घटेर १५.४० रुपैयाँमा सीमित बनेको छ। गत चैतमा न्याभ १५.५१ रुपैयाँ रहेको थियो।
यो फन्डको सेयरमा लगानी पनि बढेर ६७ करोड १६ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो महिना चैतमा सेयरमा लगानी ६५ करोड ५१ लाख रुपैयाँ रहेको थियो।
वैशाखसम्म यस योजनाले १ अर्ब ११ करोड रुपैयाँ कुल लगानी गरेको छ। चैतसम्म कुल लगानी १ अर्ब ७ करोड रुपैयाँ थियो।
कुल नाफा पनि वैशाखमा घटेर ४९ करोड ९७ लाख रुपैयाँमा सीमित बनेको छ। गत चैतसम्म नाफा ५१ करोड ७१ हजार रुपैयाँ रहेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19