काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको वैशाख महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका सेलेक्ट–३० (इन्डेक्स फन्ड), डाइनामिक डेप्ट फन्ड, ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डको वित्तीय विवरण प्रकाशित भएको हो। वैशाखमा यी ४ वटै म्युचुअल फन्डको न्याभ घटेको छ।
वैशाखमा सेलेक्ट–३० को न्याभ घटेर ९.९७ रुपैयाँ कायम भएको छ। गत फागुनमा पनि न्याभ १०.१५ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ६० करोड ११ लाख रुपैयाँ लगानी भएको छ। गत फागुनसम्म यस्तो लगानी ५७ करोड ३० लाख रुपैयाँ थियो।
वैशाखमा यो योजनाको कुल घाटा ५ करोड ४९ लाख रुपैयाँ रहेको छ। गत फागुनमा कुल घाटा २ करोड २९ लाख रुपैयाँ थियो।
यसैगरी वैशाखमा डाइनामिक डेप्ट फन्डको न्याभ पनि सामान्य घटेर १०.४४ रुपैयाँ कायम भएको छ। गत फागुनमा यो योजनाको न्याभ १०.५३ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४६ करोड ९१ लाख रुपैयाँ लगानी भएको छ। गत फागुनसम्म यस्तो लगानी ४६ करोड ३ लाख रुपैयाँ थियो।
वैशाखमा यो योजनाको कुल नाफा १ करोड ७५ लाख रुपैयाँ रहेको छ। गत फागुनमा कुल नाफा २ करोड २१ लाख रुपैयाँ थियो।
वैशाखमा ग्रोथ फन्डको न्याभ भने सामान्य घटेर १०.८७ रुपैयाँ कायम भएको छ। गत फागुनमा न्याभ ११.२३ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७९ करोड २ लाख रुपैयाँ लगानी भएको छ। गत फागुनसम्म यस्तो लगानी ८१ करोड ९३ लाख रुपैयाँ थियो।
वैशाखमा यो योजनाको कुल नाफा ६ करोड ५० लाख रुपैयाँ रहेको छ। गत फागुनमा कुल नाफा ९ करोड ४८ लाख रुपैयाँ थियो।
यस्तै वैशाखमा ब्यालेन्सड् फन्डको न्याभ पनि घटेर १०.४२ रुपैयाँ नै कायम भएको छ। गत फागुनमा पनि न्याभ १०.७३ रुपैयाँ नै थियो।
यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७१ करोड ५८ लाख रुपैयाँ लगानी भएको छ। गत फागुनसम्म यस्तो लगानी ७४ करोड ६ लाख रुपैयाँ थियो।
वैशाखमा यो योजनाको कुल नाफा २ करोड ७४ लाख रुपैयाँ रहेको छ। गत फागुनमा कुल नाफा ४ करोड १५ लाख रुपैयाँ थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago