काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाहरुको वैशाख महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेका सिटिजन्स म्युचुअल फन्ड–१ र सिटिजन्स म्युचुअल फन्ड–२ को वित्तीय विवरण प्रकाशित भएको हो। दुवै म्युचुअल फन्डको न्याभ घटेको छ। 

वैशाखमा सिटिजन्स म्युचुअल फन्ड–१को न्याभ घटेर ८.७८ रुपैयाँ कायम भएको छ। गत चैतमा पनि न्याभ ९.१९ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ६० करोड ११ लाख रुपैयाँ लगानी भएको छ। गत चैतसम्म यस्तो लगानी ७० करोड ३९ लाख रुपैयाँ थियो।

वैशाखमा यो योजनाको कुल व्याय २ करोड ९२ लाख रुपैयाँ रहेको छ। गत चैतमा कुल आय ४३ लाख १८ हजार रुपैयाँ थियो।

यसैगरी वैशाखमा सिटिजन्स म्युचुअल फन्ड–२को न्याभ पनि घटेर ९.३२ रुपैयाँ कायम भएको छ। गत चैतमा यो योजनाको न्याभ ९.८३ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४९ करोड ५९ लाख रुपैयाँ लगानी भएको छ। गत चैतसम्म यस्तो लगानी ५० करोड ९४ लाख रुपैयाँ थियो।

वैशाखमा यो योजनाको कुल व्याय ३ करोड २१ लाख रुपैयाँ रहेको छ। गत चैतमा कुल नाफा ५६ लाख १५ हजार रुपैयाँ थियो।