काठमाण्डौ । सरकारले स्थानीय निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

मतदानका दिन देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय सरकारले भएको हो।

वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचनको मतदानका दिन बिदा दिने निर्णय गरेको थियो। 

सोही निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराउन गृह मन्त्रालयले आज एक सूचना जारी गरेको हो।