काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी साउन ९ गतेदेखि सतप्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरले निश्कासन गर्ने हकप्रद खरीदका लागि योग्य सेयरधनीले भदौ ११ गतेसम्म आवेदन दिनसक्ने छन् । 

वोमी लघुवित्तले १०० रुपैयाँ अंकित दरका १० लाख १० हजार ८८० कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । सतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्तापूँजी बढेर  २० करोड २१ लाख ७६ हजारको उचाईमा पुग्नेछ । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । 

यो कम्पनीको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड फोर प्लसको रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । तर, समूह फोर भन्दा फोर प्लसको रेटिङले तुलनात्मक रुपमा सकारात्मक अवस्थालाई जनाउँछ ।

कम्पनीले हकप्रद सेयरका लागि असार २७ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ असार २६ गतेभित्र यो कम्पनीको सेयर खरीद गरी सेयरधनी कायम भएकाहरुले हकप्रदका लागि आवेदन दिन पाउनेछन्।

वोमी माइक्रोफाइनान्स नागरिक लघुवित्त वित्तीय संस्था लिमीटेडसँग मर्जरको प्रक्रियामा छ ।