काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले कुमारी क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रार नियुक्त गरेको छ।

अब कुमारी क्यापिटलले आज सोमबारदेखि वोमी लघुवित्तको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्नेछ। सेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने र सेयरधनी लगत अद्यावधि राख्नेलगायतका सम्पूर्ण कार्यहरु गर्ने दायित्व अब कुमारी क्यापिटलको हुनेछ। 

कुमारी क्यापिटलको कार्यालय काठमाण्डौको नागपोखरीस्थित नक्सालमा रहेको छ भने वोमी लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपास्थित साँगामा अवस्थित छ।