काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले उद्योग व्यवसाय क्षेत्रमा मेलमिलापका लागि आफ्नो भूमिका विस्तार गर्ने भएको छ।
महासंघले सदस्य सेवा केन्द्रको स्थापनासँगै मेलमिलाप केन्द्रको सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष शेखर गोल्छाले बताए। महासंघ र मेलमिलाप परिषद्ले संयुक्त रुपमा चन्द्रागिरीमा आयोजना गरेको उद्योग व्यवसाय क्षेत्रमा मेलमिलाप पद्धति विषयक अन्तरक्रियामा अध्यक्ष गोल्छाले भने, ‘मेलमिलाप केन्द्र केही पहिला महासंघमा स्थापना भएको हो, अब यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनिरहेको छ।’
कार्यक्रमका प्रमुख अतिधि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले उद्यमीव्यवसायीको लागत घटाउन मेलमिलाप पद्धतिको अवलम्बन र विस्तार आवश्यक रहेको बताए। ‘महासंघले यसको नेतृत्व गर्न सक्छ’, उनले भने।
सर्वोच्च अदालतका रजिस्ट्रार नारायण प्रसाद पन्थीले मेलमिलाप केन्द्रको स्थापना र विकासमा सहयोग पुर्याउने बताए।
कानुन मन्त्रालयका सचिव उदय सापकोटाले मेलमिलापसम्बन्धी विज्ञको अभाव रहेकोले यसको उत्पादनमा पनि निजी क्षेत्रले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पूर्वन्यायाधीश विनोद शर्माले सिंगापुर अभिसन्धी र यसलाई नेपालले अपनाउँदा हुने फाइदाबारे जानकारी गराएका थिए। अर्का कार्यपत्र प्रस्तोता भद्रकाली पोखरेलले मेलमिलाप पद्धतिलाई कार्यालय तहमा पनि विस्तार गर्न सकिने धारणा राखे।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुद्दामा धेरै समय लाग्ने गरेको सन्दर्भमा मेलमिलाप केन्द्रबाट समाधान खोज्न सकिने बताए। ‘धेरै समय र लागत लागिरहेको सन्दर्भमा महासंघको मेलमिलाप केन्द्रबाट सेवा दिन सक्छौँ’, उनले भने।
कार्यक्रममा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाई एवं कोषाध्यक्ष सुकुन्तलाल हिराचन, महासंघका विभिन्न समिति र फोरमका सभापतिहरूको सहभागिता थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago