काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते आठौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेस्टुरेन्ट एण्ड बारमा सभा आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त सभामा कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने र हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १९ गतेसम्म कायम सेयरधनीले मात्रै साधारण सभामा भाग लिन पाउनेछन्।