काठमाण्डौ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोलि कात्तिक १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कात्तिक १ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइएको छ। सत्यमोहन जोशीको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा झुकाउने निर्णय पनि सरकारले गरेको छ। 

संस्कृतविद् जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो।