काठमाण्डौ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन राष्ट्रिय बिदा दिने भएको छ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले एक दिन राष्ट्रिय बिदा दिने भन्ने निर्णय भएको हो। 

संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको निधनमा शोक व्यक्त गर्दै एकदिन राष्ट्रिय बिदा दिने निर्णय भएको बताएका हुन् । कुन दिन राष्ट्रिय बिदा दिने भन्ने आधिकारिक सूचना सरकारबाट प्रकाशित हुने श्रद्धाञ्जली दिन ललितपुर महानगरमा पुगेका संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी गराए। 

संस्कृतविद् जोशी आज बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो।