काठमाण्डौ । बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको शनिगाड हाइड्रो लिमीटेडले आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको छ ।
ललितपुरको धोबीघाटमा रजिष्टड कार्यालय रहेको यो कम्पनीले १०० रुपैयाँ अंकित दरको ६७ लाख ५० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको प्रक्रिया अगाडि बढाएको हो ।
प्रस्तावित कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिक तथा सर्वसाधारणका लागि निश्कासन गर्ने कम्पनीको योजना रहेको छ । यसका लागि कम्पनीले निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यािपटल लिमिटेडलाई नियुक्त गरेको छ ।
साधारण शेयर निष्काशन कार्यका लागि कम्पनीको तर्फबाट अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठकाबीच कम्पनीको रजिष्टर्ड कार्यालय धोवीघाट, लिलितपुरमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ
जारीपूँजी रु.२ करोड २५ लाख रहेको सनिगाड हाइड्रो लिमिटेडकोे विद्युतउत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । यो कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केही साताभित्रै विद्युत उत्पादन सुरु हुने कम्पनीले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago