काठमाण्डौ । एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्न र दु्रत गतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्न ‘एनसेल मेला २०७४’ शनिवार (पुस १५) विराटनगरको हाटखोलामा आयोजना गर्दैछ । गत हप्ता पोखरामा भव्य रुपमा आयोजनापश्चात यो मेला विराटनगरमा आयोजना गर्न लागिएको हो ।
पोखरेली दर्शक र पर्यटकहरुको मन जित्न सफल यो मेलाले विराटनगरमा पनि भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास लिईएको छ । बिहान ११ बजे शुरु हुने विविध मनोरञ्जनात्मकक ार्यक्रमहरुले भरिपूर्ण मेलामा दर्शकहरुले विविध कार्यक्रम तथा गतिविधि र कन्सर्टका मजा लिन सक्नेछन् । मेलामा विभिन्न गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजी थिममा आधारित हुनेछन् र दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समूूहहरुको प्रस्तुतिबाट आनन्द पनि लिन सक्नेछन् ।
मेलामा कलाकारहरु शिव परियार, आषिश राना(लाउरे), सांगीतिक समूूहहरुमा कब वेभ र द एजले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीले पनि मेलामा सहभागिता रहनेछ । त्यसैगरी स-साना बालबालिकाहरुको गायनप्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ्ग आइडल’ कार्यक्रमको पनि आयोजना गरिनेछ ।
सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखी विभिन्न कार्यक्रमहरु समावेश गरिएको मेलामा आ(आफ्ना साथीभाई र परिवारका साथ सहभागी भई रमाईलो गर्न कम्पनीले आग्रह गरेको छ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । साँझ ६ः३० बजेसम्म चल्ने मेलामा प्रवेश निःशुल्क गरिएको छ ।
आगन्तुकहरुले मेलामा, देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि जानकारी लिनुका साथै विशेष एनसेल फोरजी जोनमा फोरजी इन्टरनेट चलाएर टेष्ट पनि गर्न सक्नेछन् । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् ।
मेलामा जादु, किडस् जोन र फुड स्टलहरु पनि रहेनछन् । त्यसैगरी, मेलाको अन्य आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् । पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरुले दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ र बालबालिकाहरुले पनि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षक गेम तथा गतिविधीहरुमा घुलमिल भई रमाईलो गर्न सक्नेछन् ।
एनसेलकाअनुसार, आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्दै सन् २०१७ को बिदाई र नयाँ वर्ष २०१८ को स्वागतका लागि एनसेल मेला सबभन्दा उपयुक्त कार्यक्रम हुनेछ । पोखराबाट शुरु भएको यो मेला पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना हुनेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19