काठमाण्डौ । अस्पतालहरुमा शय्याको उपलब्धता सहज हुन्जेलसम्म काठमाण्डौ उपत्यकामा कडा लकडाउनको सम्भावना कम रहेको देखिएको छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले दैनिक कोरोना संक्रमण दर औसत अहिलेजस्तै रहेमा र अस्पतालहरुमा शय्याको उपलब्धता सहज हुन्जेलसम्म कडा लकडाउनको सम्भावना कमै रहेको बताएका हुन्। ‘हाल अस्पतालहरुमा आईसीयू र भेन्टिलेटरको उपलब्धता पनि सहज नै छ’, बिजशालासँग प्रजिअ भट्टराईले भने, ‘जबसम्म दैनिक संक्रमित संख्या अहिलेजस्तै रहन्छ र अस्पतालहरुमा आईसीयू र भेन्टिलेटरको उपलब्धता सहजता रहन्छ तबसम्म कडा वा पूर्ण लकडाउनको सम्भावना छैन।’
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको गत साउन २६ गतेसम्म बसेको बैठकले भदौ ८ गतेसम्म उपत्यकामा निषेधाज्ञाको अवधि थप गरेको छ। यो अवधिमा निजी तथा सार्वजनिक सवारीसाधनलाई राति ८ बजेपछि सञ्चालनमा रोक लगाइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago