काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पौने २ लाख बढी सेयर बिक्री गर्ने भएको छ।
बैंकले संस्थापक समूहको १ लाख ८० हजार ८६६ कित्ता सेयर बिक्री गर्ने भएको छ। संस्थापक सुमन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४, एसियन डिस्ट्रिब्युटर्सको ५३ हजार ५४ कित्ता र ग्लोबल ट्रेडिङ कन्सर्नको २२ हजार ३३८ कित्ता सेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्।
खरिद गर्न चाहनेले बैंकको रुपन्देहीको बुटवलस्थित केन्द्रीय कार्यालयमा यो सूचना प्रकाशित ३५ दिनभित्र खरिद आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19