काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २० हजार कित्ता सेयर आज भदौ ८ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। 

बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

लगानीकर्ताले भदौ १७ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा दिन सकिनेछ।