काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स शाखा विस्तारमा आक्रामक बन्दै गएको छ। 

वि.सं. २०५२ साल फागुन १४ गतेदेखि सञ्चालनमा रहेको प्रोग्रेसिभ फाइनान्सले देशको सबैभन्दा राम्रो वित्तीय सेवा दिने लक्ष्य लिएका साथ शाखा विस्तारलाई तीव्रता दिएको हो। हालसम्म देशभरि १९ वटा शाखा तथा ४ वटा एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको फाइनान्सले भर्खरै मधेश प्रदेशमा लालबन्दी, जलेश्वर, गोदार र यदुकुहा (सहिदनगर नपा) थप शाखा विस्तार गरी जम्मा शाखा सञ्जाल २७ वटा पुर्याई गुणस्तरीय सेवा दिइरहेका छन्। 

हाल मधेश प्रदेशमा वीरगन्ज, सिमरा, वरहथवा, मलंगवा, गौशाला, लालबन्दी, जलेश्वर, यदुकुहा, गोदार, सबैला, क्षिरेश्वरनाथ र जनकपुर रहेकोमा अर्को वर्ष मधेश प्रदेशको अन्य स्थानहरुमा समेत शाखा सञ्जाल गर्ने लक्ष्य रहेको जनाएका छन्।

निक्षेप संकलनमा विभिन्न किसिमको सेवा, सुविधा तथा आकर्षक ब्याज प्रदान विभिन्न शीर्षकमा विना झन्झट कर्जा प्रवाह गर्दै आएका फाइनान्सले रेमिट्यान्स सेवा, मोबाइल बैंकिङ, क्यूआर कोड, एटीम, ईसीसी, आईपीएस, कनेक्ट आईपीएस, आरटीजीएस, सी–आस्बा, डिम्याट, मेरो सेयरजस्ता सेवाहरु दिइरहेका छन्। 

यसका साथै फाइनान्सले विभिन्न व्यवसायीसँग व्यापार सम्झौैता गरी ग्राहकलाई सुविधा सम्पन्न बनाएकोे जानकारी फाइनान्सका प्रदेश प्रमुख विनय कुमार साहले दिए।