काठमाण्डौ । पछिल्लो समय कोरोना संक्रमणको स्रोत बन्न थालेको काठमाण्डौको त्रिवि शिक्षण अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षण गरिने भएको छ ।
अस्पतालको पहलमा त्यहाँ कार्यरत सबैको कोरोना परीक्षण गर्न लागिएको हो ।
पछिल्लो समय शिक्षण अस्पतालसँग जोडिएका ३ कोरोना संक्रमित फेला परिसकेका छन् । यही अस्पतालमा डेलिभरी गरेकी एक युवतीको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपछि शिक्षण अस्पतालको प्रसूति वार्ड शिल गरिएको छ ।
केही समयअघि एक बालिकामा समेत यही अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।
एकपछि अर्को गर्दैै आफ्नो अस्पतालसँग जोडिएका बिरामीहरुमा कोरोना संक्रमण देखिन थालेपछि अवस्था भयावह हुन नदिन बेलैमा सबैको परीक्षण गर्न लागिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा.सन्तकुमार दासले टेलिफोनमा कुरा गर्दै अस्पतालका सबै करिब ३ हजार स्वास्थ्यकर्मी र कर्मचारीको कोभिढ १९ परीक्षणको तयारी थालिएको छ ।
पछिल्लो समय यो अस्पतालमा बिरामी कुर्न आएकालाई समेत कोरोना संक्रमण देखिएको छ । सर्वसाधारण तथा स्वयम् चिकित्सकहरुमा समेत त्रिवि शिक्षण अस्पतालमा कतै भित्रभित्रै संक्रमण व्यापक बनिसकेको त छैन ? भन्ने आशंका हुन थालेको छ । यही आशंका र यसबाट सिर्जित त्रासलाई हटाउन र अवस्था पत्ता लगाउन परीक्षण गर्न लागिएको डा. दासले प्रष्ट्याएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago