काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन्।
पब्लिक युथ क्याम्पसको ३३ औँ वार्षिकोत्सव समारोहमा मन्त्री महतले पब्लिक क्याम्पस महत्व बढेकाले नै यसको संख्या देशैभरि बढ्दै गएको बताए। पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको आर्थिक दायित्व विस्तार हुने क्रमले एकहदले रोकेको जानकारी दिँदै उनले भने, ‘पब्लिक क्याम्पसमा सर्वसाधारणको पनि योगदान रहन्छ। जुन वर्ग समूहबाट पब्लिक क्याम्पस पढ्न आउँछन्, ती क्याम्पसमा खर्चको व्यवस्थापनमा समुदायको पनि सहभागिता आर्थिक दायित्व कम गर्न मद्दत पुगेको छ।’
पब्लिक क्याम्पस ठूलो संख्यामा देशैभर फैलिएको उल्लेख गर्दै मन्त्री महतले पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन–स्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने गरेको बताए। ‘विद्यार्थीलाई एटेन्सन गर्ने सबभन्दा ठूलो चुनौती छ, यो समस्या त्रिभुवन विश्वविद्यालय, पब्लिक क्याम्पस र निजी क्याम्पसहरुले भोगिरहेका छन्’, उनले भने, ‘विदेश गएर पढ्ने संस्कृति अत्यन्त ज्यादा छ। बाहिर जाँदैमा सबै कुरा विद्यार्थीको पक्षमा हुन्छ भन्ने छैन। आर्थिक दायित्व थप त छँदैछ। अरु कोणबाट पनि उत्कृष्ट हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन। तर, पनि पढ्न बाहिर जानुपर्छ भन्ने मानसिकता हाम्रो समाजमा व्यप्त छ। यसलाई रिर्भस गर्नुपर्ने आजको आवश्यकता छ।’
आफू अध्ययनका लागि बाहिर गएको स्मरण गर्दै मन्त्री महतले भने, ‘बाहिर जाने कुरा स्वतन्त्रतासँग जोडिएका छ। २०४६ सालसम्म बाहिर गएर अध्ययन गर्ने कुरा विरलै हुन्थ्यो, छात्रावृत्तिमा सीमित मान्छे जान्थे। २०४६ सालभन्दा ठीक १ वर्षअघि प्रतिस्पर्धाबाट अमेरिका पढ्न जान म पूर्ण छात्रावृत्तिमा चुनिए। तर, म प्रजातन्त्रका लागि लडिरहेको योद्धा थिएँ, नेपाल विद्यार्थी संघको नेतृत्व पनि गर्थे। त्यसैले म अध्ययनका लागि जान नपाउने भएँ। त्यसबेला अन्यथा विचार राख्ने बित्तिकै उनीहरुले पासपोर्ट पाउँदैन थिए। मैले पनि नपाउने भएँ। तर, त्यसैबीचमा जनआन्दोलन भयो, म त्यसबेला आन्दोलन सञ्चालनमै थिएँ। त्यो सफल भएको कारणले म पढ्न जान पाएँ।’
‘मान्छेले आफ्नो क्षमता, योग्यता, प्रतिभा, सिर्जना र सम्भावनाको सम्पूर्ण रुपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा हामी विश्वास गछौं। हरेक व्यक्तिले आफ्नो क्षमता प्रयोग गर्न राज्यले सहयोग गर्नुपर्छ, त्यसलाई निषेध गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो’, मन्त्री महतले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago