New job
काठमाण्डौ । शिक्षित बेरोजगारहरुलाई खुशीको खबर । काठमाण्डौ महानगरपालिकाले विभिन्न सेवामा काम गर्ने गरी ७० जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ।
महानगरपालिकाले प्रशासनतर्फका ५६ सहित विभिन्न सेवा तथा समूहका लागि कुल ७० अधिकृत माग गरेको हो ।
सोमबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै महानगरले १० जना प्राविधिकतर्फ, ३ जना राजश्व समूह र बाँकी एक जना लेखा समूहका लागि अधिकृत माग गरेको छ ।
प्रशासनतर्फका ५६ अधिकृत मध्ये ३० जना खुल्ला र बाँकी समावेशी कोटाका लागि छुट्याइएको छ । समावेशी कोटामध्ये महिला ८, आदिवासी जनजाति ७, मधेसी ६, दलित २, अपांग २ र पिछडिएको क्षेत्रबाट एकजना राखिएको छ ।
लेखा समूहतर्फ लेखा अधिकृत एक जना छन् भने बाँकी २ जना राजश्वतर्फ छन्। प्राविधिकतर्फ ४ जना सिभिल इञ्जिनियर, एक जना आर्किटेक, एकजना कम्प्युटर इञ्जिनियर, २ जना कम्प्युटर प्रोग्राम अधिकृत, २ जना कम्प्युटर अधिकृत, एक जना स्टक्चरल इञ्जिनियर र एकजना कम्प्युटर अधिकृत पनि मागिएको छ ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक गरेकोले आवेदन भर्नसक्ने व्यवस्था गरिएको छ । उमेरका हकमा पुरुषका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष उमेर ननाघेलेको आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
इच्छुक उम्मेद्वारहरुले आगामी असोज २६ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ । दरखास्त दिंदा सबै पदका लागि एकहजार र समावेशी कोटाका लागि थप २ सय दस्तुर लाग्नेछ ।
आवश्यकता सम्बन्धी सूचनाको बाँकी विवरण हेर्न तलको फोटोमा क्लिक गर्नुहोस् ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19