काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बेच्ने भएको छ।
कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म १ः०.३ को अनुपातमा प्रति सेयर १०० रुपैयाँ अंकित दरका ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गरेको छ। जसमा बिक्री नभएका ८७ हजार ४१२.८ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बेच्न गर्न लागिएको हो।
लगानीकर्ताले यही साउन २१ गतेदेखि खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र एनआईबीएल एस क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय लाजिम्पाट र शाखा कार्यालयहरु पुतलीसडक, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज र विराटनगरमा, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरु नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुलसीपुर, सुर्खेत, नेपालगन्ज र धनगढीमा तथा बागलुङस्थित ग्रिन डेभलपमेन्ट बैंकमा पेस गर्न सकिने कम्पनीले जनाएका छ।
लिलामीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ र सोभन्दा माथि बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। इच्छुक व्यक्ति, कम्पनी, संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।
बोलपत्र पेस गर्ने अन्तिम मिति साउन २८ गते (बैंकिङ समयसम्म) तोकिएको छ। सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago