काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले निश्कासन गर्न लागेको हकप्रदका लागि बुक क्लोजको मिति तोकेको छ । 

कम्पनीले निश्कासन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि फागुन १३ लाई बुक क्लोजको मिति तोकेको हो । 

कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैठकले फागुन १३ लाई बुक क्लोजको मिति तोकेको हो । 

यसको अर्थ कम्पनीको हकप्रद खरीदका लागि योग्य हुन चाहनेले फागुन १२ गतेभित्र सेयर किनेर सेयरधनी कायम भइसक्नुपर्नेछ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३१.७१ लाख कित्ता हकप्रद निश्कासन गर्नेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापूँजी बढेर १ अर्ब ३६ करोडको उचाईमा पुग्नेछ । 

इक्रा नेपालले यो कम्पनीले निश्कासन गर्न लागेको हकप्रदलाई आइपीओ ग्रेड थ्री प्लसको रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसत छ भन्ने हो ।