bull market
काठमाण्डौ । सूचिकृत कम्पनीहरुको वार्षिक प्रगति विवरण सार्वजनिक हुन थालेपछि सोमबारको बजार १.३ प्रतिशतले वृद्धि भएको छ । निकै लामो समयदेखि झिनो अंकको अन्तरले घटबढ भइरहेको बजारमा सोमबार २०.५८ अंकको वृद्धि भई नेप्से परिसूचक १६०४.१५ अंकको उचाईमा पुुगेको हो ।
साउन महिनाको पहिलो सोमबार भगवान शिवको कृपा भएझै बजारका सबै समूह हराभरा भए । अनौठो संयोग, शिवजीको बहान साँढे सेयर बजारमा उछालको प्रतिक हो । शिवजीको खास दिन पहिलो साउने सोमबार नै साँढेले बुुर्कुसी मारेको हो ।
दुुई समूहको सूचक डेढ प्रतिशत भन्दा बढी र तीन समूहको सूचक १ प्रतिशत भन्दा बढीले वृद्धि भयो । बैकिङ समूह २१.८३ प्रतिशतले वृद्धि भयो भने बिमा र विकास बैंक समूहमा क्रमशः ९५.३५ र २९.५७ अंकको बढोत्तरी भयो । यस्तै, होटल, जलविद्युत, बित्त, उत्पादनमूलक र अन्य समूह क्रमशः २६.३९, ९.१८, ५.२३, २७.०४ र १.१६ अंकले बढे ।
‘क’ वर्गका कम्पनीहरुको कारोबारमा अनपेक्षित सुधार आउँदा सेन्सेटिभ इण्डेक्स ४.४ अंकले वृद्धि भयो भने समग्र कारोबार समेत सुधार भएका कारण फ्लोट इण्डेक्समा १.६९ प्रतिशतको बढोत्तरी देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
सोमबार १५४ कम्पनीका २० लाख १२ हजार ४ सय १५ कित्ता सेयर ६९ करोड ४३ लाख ६९ हजार ४ सय ३५ रुपैयाँमा खरिदबिक्री भयो । सबैभन्दा बढी फरवार्ड माइक्रो फाइनान्सले ४ करोड ८९ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ४८ लाख बढीको कारोबार गर्यो भने कुुबेर मर्चेन्ट फाइनान्सको ३ करोड १६ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । सानिमा बैंकले ३ करोड ९ लाख, प्राइम लाइफ इन्स्योरेन्सले २ करोड ७७ लाख, जनता बैंक नेपालले २ करोड ३७ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी, एक स्थान विकास बैंक र एक स्थान बित्त समूहको कब्जामा पर्यो ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो वर्षको पहिलो साउने सोमबारकै दिन बजारमा मदिरा उत्पादन गर्ने कम्पनी हिमालयन डिस्टीलरीले कुस्त कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, नेशनल माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ८.१४ प्रतिशत वृद्धि भयो भने फरवार्ड माइक्रो फाइनान्सले ७.४० तथा रिलायवल माइक्रो फाइनान्सले ७.२९ प्रतिशतले सम्पत्ति कमाए ।
केही दिनअघिसम्म लगातार कमाउँदै आएको कुुबेर मर्चेन्ट फाइनान्स लिमीटेड सोमबार भने सबैभन्दा धेरै गुमाउने कम्पनीमा दर्ज भयो । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतले घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago