काठमाण्डौ । दोश्रो बजारमा कारोबारमा आएको दोश्रो दिन पनि शिवम सिमेन्टको सेयरमूल्यमा पहिरो गएको छ ।
यो दिन समेत शिवम सिमेन्टको सेयरमा खरीद अर्डर शून्य छ भने बिक्री आदेश दिनेहरुको संख्या अधिक छ ।
बजार खुलेदेखि नै शिवम सिमेन्टको निकै ठूलो कित्ता सेयर बिक्री अर्डरमा राखिएको छ ।
आइतबारदेखि दोश्रो बजारमा कारोबारमा आएको यो कम्पनीको सेयर मूल्य कारोबार सुरु भएको केही मिनेटमै ५ प्रतिशतको हाराहारीमा घटिसकेको छ ।
शिवम सिमेन्टको पहिलो कारोबार आइतबार प्रतिकित्ता ४६४ रुपैयाँमा भएको थियो । त्यसपछि मूल्यमा निरन्तर पहिरो गइरहेको छ ।
नेप्सेले यो कम्पनीको सुरुवाती रेञ्जमा अधिकतम मूल्य ४८४ तोकेको थियो ।
मार्केट डेप्थमा शिवम सिमेन्टमा खरीद अर्डर शून्य देखिएको छ भने यो समाचार तयार पार्दासम्म बिक्रीको गर्नेको लामै लाइन लागेको देखिएको छ।
लगानीकर्ताहरुले ४०९ देखि ४१५ रुपैयाँसम्ममा ९५ हजार बढी कित्ता सेयर बिक्रीका लागि अर्डरमा राखेका छन् । तर, खरीद गर्ने नहुँदा बिक्री अर्डर म्याचिङ हुन सकेको छैन ।
सबैभन्दा बढी प्रतिकित्ता ४१० रुपैयाँमा बिक्री अर्डर दिइएको छ ।
शिवम सिमेन्टले सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँको दरले आइपीओ बिक्री गरेको थियो ।
यस्तै, आयोजना प्रभावितलाई प्रिमियमसहित २०० रुपैयाँको दरले आइपीओ बेचेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago