काठमाण्डौ । मंगलबार नेप्से परिसूचकमा सामान्य बढोत्तरी भएको छ । ४.४२ अंकले बढेको नेप्से १३१२.१४ को विन्दूमा फर्किएको दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेर ८१ करोड ४४ लाखमा सीमित भएको छ ।
नेप्सेमा सामान्य उतारचढाव देखिए पनि कारोबार रकमले बजारलाई निरन्तर साथ दिइरहेको छ । अनलाइनबाट कारोबार गर्नेहरुको संख्यामा आएको बढोत्तरी, नयाँ बजेटबाट बजारको विषय सम्बोधन हुने आशा र अन्तिम त्रैमासमा सरकारी खर्च बढी तरलता सहज हुने अनुमानका बीच बजारमा लगानीकर्ताहरु सक्रिय बन्दै आएका छन् ।
मंगलबारको बजारको बढोत्तरी सामान्य हो । यो दिन कारोबार रकम ८१ करोड माथि हुनु पनि नराम्रो संकेत भने होइन । कारोबारले बजारलाई राम्रै साथ दिइरहेको समेत यसबाट बुझ्न सकिन्छ ।
मंगलबार ठूला र राम्रा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखियो, यही कारण सेन्सेटिभ इण्डेक्स ०.११ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३६ अंकको बढोत्तरी देखियो ।
माइक्रोफाइनान्स समूहमा ३.०५ अंकको गिरावट आएको यो दिन उत्पादन तथा प्रशोधन समूहमा ३३.३४ अंक र अन्य समूहमा १.१६ अंकको गिरावट देखियो ।
बाँकी सबै समूहको सूचकमा वृद्धि भयो ।
बैंकिङ समूह ०.०८ अंकले बढेको यो दिन विकास बैंक, बित्त, जीवन बिमा र निर्जीवन बिमा समूहमा क्रमशः २.४४, १०.५१, ४२ र २८.०६ अंकले घटे ।
ट्रेडिङ समूह २.७ अंकले बढेको यो दिन होटल समूहमा २.५८ अंक, जलविद्युत समूहमा ६४.६ अंक र म्युचुअल फण्ड समूहमा ०.०५ अंकको बढोत्तरी भयो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७३ कम्पनीका ३१ लाख २ हजार २८४ कित्ता सेयर ८१ करोड ४४ लाख ५२ हजार २६७ रुपैयाँमा किनबेच भयो ।
यो दिन नेपाल बैंकले सबैभन्दा बढी ८ करोड ६६ लाख बढीको कारोबार गर्यो भने शिवम सिमेन्टले ६ करोड ८८ लाख बढीको कारोबार गर्यो ।
बुटवल पावर कम्पनीले ५ करोड ९६ लाख बढीको कारोबार गरेको यो दिन अपर तामाकोशीले ४ करोड ९६ लाख, सानिमा माई हाइड्रोले ४ करोड २५ लाख, प्राइम कमर्सियल बैंकले २ करोड ४७ लाख, एनआइसी एशिया बैंकले १ करोड ९१ लाख, हिमालयन डिस्टीलरीले १ करोड ९० लाख, प्रभू बैंकले १ करोड ८५ लाख र नेपाल टेलिकमले १ करोड ८४ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा ६ वटा कम्पनीका सेयरधनीले कुस्त कमाए ।
मल्टीपर्पोज फाइनान्स, अपर तामाकोशी, कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।
सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ९.१३ प्रतिशतले बढ्यो भने रादी विद्युत कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा बढ्यो ।
यो दिन समीट लघुवित्त वित्तीय संस्थाका सेयरधनीले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७.०५ प्रतिशतले घट्न पुग्यो । विगत लामो समयदेखि निरन्तर बढिरहेको शिवम सिमेन्टको मूल्य यो दिन पनि १.६८ प्रतिशतले घटेर प्रतिकित्ता ५८५ रुपैयाँमा सीमित बन्न पुग्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago