– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत नेपालकै एकमात्रै सिमेन्ट उत्पादन कम्पनी शिवम सिमेन्ट्सको बजारमा अहिले निकै चर्चा हुने गरेको छ। 

उत्पादन तथा प्रशोधन समूहमा सूचीकृत यो कम्पनीको सेयरमूल्य केही महिनामै ह्वात्तै बढेको छ। यो कम्पनीको दोस्रो त्रैमासमा सुधारोन्मुख प्रर्दशनसहितको वित्तीय विवरण आउने भन्ने विषयमा अहिले बजारमा निकै चर्चा छ। त्यही भएर पनि अहिले यो कम्पनीको सेयरमा लगानीकर्ताहरु निकै आकर्षित भइरहेका छन्। 

निकै चर्चा हुने गरेको यो कम्पनीको आधारभूत र प्राविधिक पक्ष चाहिँ कस्तो छ त ? हेरौँ। 

आधारभूत पक्ष

आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमाससम्म शिवम सिमेन्ट्सको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। जसअनुसार ९५ करोड ६२ लाख रुपैयाँबराबर सेयर प्रमियम रहेको देखिन्छ। 

पहिलो त्रैमासमा यो कम्पनीले खुद नाफा २९ करोड रुपैयाँ आर्जन गरेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २६.३८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२२.२३ रुपैयाँ तथ प्रतिसेयर कुल सम्पत्ति २८६.९८ रुपैयाँ रहेका छन्। 

कम्पनीको अन्तिम कारोबर मूल्य प्रतिकित्ता १ हजार ६१० रहेको छ। अन्तिम सेयर कारोबर संख्या ५० हजार ९८३ किता रहेको छ। 

कम्पनीले विभिन्न बैंकबाट लिएको ५ अर्ब रुपैयाँभन्दा बढी ऋण चुक्ता गरिसकेको छ। उक्त ऋणबाट कम्पनीले ३ अर्ब ६० करोड रुपैयाँ होङ्सी सिमेन्टमा लगानी गरेको छ।

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्त 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ।

यो वेभमा ५ वटा वेभ हुन्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ‘ए’, ‘बी’ र ‘सी’ ले बजार तल जाने संकेत गर्छन्।

आरएसआई

यो विन्दुअन्तर्गत १४ दनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभरसोल्ड जोन र ७० भन्दा माथिलाई ओभरबट जोन छुट्याइन्छ। शिवम सिमेन्ट्सको हालको आरएसआई ५७.९४ रहेको छ। जसको अर्थ हुन्छ, यो सेन्ट्रल जोनभन्दा माथि छ र भविष्यमा यसको मूल्य माथि जाने सम्भावना देखिन्छ।

एमएसीडी लाइन

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने एमसीडी लाइनले मथिबाट सिग्नल लाइनलाई काटेको छ। त्यसैले हिस्टोग्राम नेगेटिभ देखिन्छ। तर हिस्टोग्राम क्रमशः छोटा–छोटा हुँदै गएकोले अब पोजेटिभ हुने र मूल्य बढ्ने देखिन्छ।

मैनबत्ती विश्लेषण

यो कम्पनीको अन्तिम कारोबारलाई आधार मान्दा सेतो मैनबत्ती बनेको छ। जसले बढ्दो बजारलाई संकेत गर्छ। यो मैनबत्ती जति लामो भयो  बजार बढ्दै जाने हुन्छ भने छोटो हुँदै गए बजार घट्ने हुन्छ।

पिभट विश्लेषण 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी कम्पनीको सेयरमा भविष्यमा हुने मूल्यको उत्तारचढाब निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १-  १६३०

प्रतिराध २-  १६५१   

प्रतिराध ३- १६९३

पिभट पेइन्ट -  १६०९

घटेमा सर्पोट 

सपोर्ट १- १५८५

सर्पोट २- १५६७

सर्पोट ३- १५२५