काठमाडौं। शिवम सिमेन्टको आइपीओ सबै आवेदकले पाएका छन् । 

बुधबार बिहान बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आइपीओको बाँडफाँड गरेको हो । 

सो क्रममा आइपीओ खरीदका लागि आवेदन दिएका सबैले सेयर पाएका छन् । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका चिफ अपरेटिंग अफिसर सन्दीप कार्कीका अनुसार शिवमको आइपीओमा ५० कित्तादेखि अधिकतम ५ हजार ६४० कित्तासम्म आवदेन दिने सबैले मागेजति सेयर पाएका हुन् ।

उनका अनुसार बाँकी ११५ कित्ता सेयर चाहि लक्की ड्रबाट बाँडफाँड गरिएको छ । बाँकी ३८ जनामध्ये ११ जनाले १० कित्ताको दरले र त्यसमा पनि थप ५ जनाले १ कित्ताको दरले थप सेयर पाएका छन् । 

शिवमले प्रिमियम मूल्यसहित प्रतिकित्ता ३०० रुपैयाँको दरले सर्वसाधारणका लागि निश्कासन गरेको आइपीओमा कुल ५१ हजार ८९८ जनाले आवेदन दिएकामा १६ वटा आवेदन रद्ध भएको थियो ।  

कम्पनीले सर्वसाधारणका लागि ४४ लाख ३४ हजार ६९५ कित्ता आइपीओ निष्काशन गरेको थियो। आइपीओमा १.१७ गुणा बढी आवेदन परेको थियो । 

प्रभावित क्षेत्रमा बिक्री नभएको ९४ हजार ३३५ कित्ता समेत सर्वसाधारणलाई बाँडफाँड गरिएको हो ।

यस्तै, कम्पनीले आयोजना प्रभावितका लागि पहिलो र दोश्रो चरणमा गरी कुल ८ लाख ८० हजार कित्ता सेयर प्रिमियमसहित प्रतिकित्ता २०० रुपैयाँको दरले निश्कासन गरेको थियो । जसमा ७ लाख ८५ हजार ३०५ कित्ताका लागि आवेदन परेको छ । यो समूहतर्फ निश्कासन कित्ताको ८९ प्रतिशतका लागि मात्र आवेदन परेको थियो । 

आयोजना प्रभाविततर्फ सबैले नै मागेजति सेयर पाएका छन् । 

कसले कति कित्ता पायो त ? हेर्नुहोस् सबै सूचि: