-भक्तराज रसाइली

काठमाण्डौ । शिवम सिमेन्ट लिमीटेडको दोश्रो बजारमा कारोबारका लागि सुरुवाती मूल्य रु. १६१.६० रुपैयाँदेखि ४८४.८० रुपैयाँ तोकिने भएको छ । 

शिवम सिमेन्टको ४ करोड ४० लाख कित्ता सेयर मंगलबार नेप्सेमा सूचिकृत भएको छ । 

यो कम्पनीको कारोबार बिहीबारदेखि खुल्ने नेप्सेस्थित उच्च स्रोतले जानकारी दिएको छ । 

कारोबारका लागि १६१.६० रुपैयाँदेखि ४८४.८० रेन्ज तोकिएको हो । कम्पनीको नेटवर्थ हाल १६१.६० रहेको छ । 

शिवम् सिमेन्ट लिमीटेड नेप्सेमा २०७औं कम्पनीका रुपमा  सूचीकृत भएको हो ।

मंगलबार भएको सूचिकरण सम्झौतामा नेप्सेका तर्फबाट सीइओ चन्द्रसिह साउद र शिवम सिमेन्टका तर्फबाट सीइओ सजन देवकोटाले हस्ताक्षर गरेका छन् । 

१६ वर्षपछि नेप्सेमा पुनः उत्पादनमूलक कम्पनीको लिस्टिङ्ग भएको हो । 

शिवमले कारोबारका लागि एसएचआईभिएम (SHIVM) कोड पाएको छ ।