काठमाण्डौ । शिवम् सिमेन्ट्सको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७९/ ०८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सोही सभाले समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पनि पारित गरेको छ ।

हाल कम्पनीको अधिकृतपूँजी  ७ अर्ब रुपैयाँ र जारी तथा चुक्तापूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनश सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्तापूँजीमा बृद्धि भई ५ अर्ब २ करोड ७० लाख रुपैयाँ कायम हुनेछ ।


सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न भएको थियो ।