काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमीटेडले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ । 

केही दिनअघिदेखि दोश्रो बजारमा सूचिकृत यो कम्पनीले चैत २६ गतेलाई बुक क्लोज मिति तोकेको छ । 

यसको अर्थ कम्पनीले आह्वान गरेको तेश्रो वार्षिक साधारणसभामा सहभागी हुन र कम्पनीबाट घोषित १५.७८९५ प्रतिशत नगद लाभांश पाउन चैत २५ गतेभित्र यो कम्पनीको सेयर खरीद गरिसक्नु पर्ने छ ।

शिवम सिमेन्ट्स लिमीटेडले आगामी बैशाख ९ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले काठमाण्डौको राष्ट्रियसभा गृहमा आफ्नो तेश्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । 

साधारणसभामा हालै संचालक समितिबाट निर्णय भएअनुसार १५.७८९५ प्रतिशत नगद लाभांश वितरणको अजेण्डा प्रस्तुत हुनेछ ।