काठमाण्डौ । पछिल्लो समयको बजारको हटकेक शिवम सिमेन्टको सेयरमा उच्च खरीद चाप देखिएको छ ।
कारोबार समय सकिन करिब सवा घण्टा बाँकी छँदा मार्केट डेप्थमा यो कम्पनीको सेयरमा एकाएक उच्च खरीद चाप देखिएको हो ।
नेप्सेमा सूचिकृत देशकै पहिलो सिमेन्ट उत्पादन गर्ने उद्योगको रुपमा रहेको यो कम्पनीमा यो समाचार तयार पार्दासम्म ८५ हजार ४१५ कित्ताको खरीद अर्डर पोष्ट भएको छ ।
बिक्रीतर्फ भने १४ हजार २८४ कित्ता पोष्ट भएको छ । शिवम सिमेन्टको दोश्रो बजार मूल्य यो समाचार तयार पार्दासम्म प्रतिकित्ता २१ रुपैयाँले बढेर ६६७ रुपैयाँको उचाईमा पुगिसकेको छ ।
बिक्रीभन्दा खरीदतर्फ बढी कित्ता पोष्ट हुनुले यो कम्पनीको सेयरमा एकाएक निकै ठूलो माग सिर्जना भएको देखाउँछ । तर, यो माग कति प्राकृतिक हो या होइन भन्ने विषय निक्र्यौल गरेर मात्र लगानीको निर्णय लिनु उचित हुनेछ ।
शिवम सिमेन्टले सर्वसाधारणमा प्रिमियमसहित प्रतिकित्ता रु. ३०० रुपैयाँमा आइपीओ निश्कासन गरी सोही सेयर दोश्रो बजारमा कारोबारमा आएको हो । कारोबार सुरुवाती दिनहरुमा नेप्सेबाट तोकिएको ओपनिङ रेञ्जको तुलनामा लगातार गिरावट व्यहोरेको यो कम्पनीको सेयर मूल्य ३०७ रुपैयाँमा आएपछि तीव्र गतिमा बढ्न सुरु भएको थियो ।
एक महिनाको अवधिमै यो कम्पनीको सेयर होल्ड गर्नेहरु मूल्यमा १०० भन्दा बढी प्रतिशतको बढोत्तरी भई मालामाल भएका थिए ।
बजारको निरन्तरको गिरावटको क्रममा यो कम्पनीको सेयरमा समेत केही समय मन्द गतिको गिरावट देखिए पनि सोमबारदेखि पुनः बढ्न थालेको हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago