 
                     
                                
                             
                                    काठमाण्डौ । देशकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले पब्लिक कम्पनीमा परिणत भइसकेपछिको चौथो वार्षिक साधारणसभा कात्तिक ८ गतेका दिन सम्पन्न भएको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधरण शेयरधनीहरुमा शेयर निष्काशन गरेको एक वर्ष नपुग्दै २ वटा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारण सभाले आफ्ना शेयरधनीहरुलाई प्रति शेयर १५ प्रतिशत (कर बाहेक) का दरले हुन आउने रु ६९ करोड ४७ लाख ३८ हजार नगद लाभांश रकम वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै, कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०७५।०७६को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका संलग्न विवरण, आब २०७६।०७७को आयव्ययको लेखापरीक्षण गर्न सुभाष एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्स, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ।
त्यसैगरी कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी आगामी ४ बर्षे कार्यकालका लागि ५ जना सञ्चालकहरुको निर्विरोध निर्वाचन समेत गरेको छ । निर्विरोध निर्वाचित हुने संचालकहरुमा सुरेन्द्रकुमार गोयल, रघुनन्दन मारु, सन्दिपकुमार शारडा, अमित मोर र रोहित गुप्ता रहेका छन् ।
वार्षिक साधारणसभा सम्पन्न हुनासाथ बसेको संचालकहरुको बैठकले नवनिर्वाचित संचालक सुरेन्द्रकुमार गोयललाई नै कार्यकारी अध्यक्ष र रघुनन्दन मारुलाई कार्यकारी सञ्चालकको पुनः जिम्मेवारी दिंदै ६ सदस्यीय संचालक समितिको गठन समेत सम्पन्न गरेको छ ।
गत बैशाख ९ गते सम्पन्न कम्पनीको आ. व. २०७४।०७५ को बार्षिक साधारणसभाबाट सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अलका गोयललाई ४ बर्षका लागि संचालकमा निर्वाचत गरेको थियो । अब कम्पनीको स्वीकृत नियमावली बमोजिम १ जना स्वतन्त्र व्यावसायिक संचालकको मनोनित हुन बाँकी रहेको छ । व्यवसायिक संचालक मनोनित गरेपछि सात सदस्यीय संचालक समिति पूर्ण हुनेछ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19