काठमाण्डौ । शिवम सिमेन्ट्स लिमीटेडले भारतीय नागरिकलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । 

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतिमा भारतीय नागरिक देवेन्द्र सिन्हालाई संचालक समितिको निर्णय बमोजिम भदौ ३१ गते(आज)देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

यसअघि सजन देवकोटा शिवम्को सीइओ थिए । उनले केही समयअघि राजीनामा दिएपछि रिक्त रहेको पदमा भारतीय नागरिकलाई ल्याइएको हो । 

शिवम सिमेन्ट पछिल्लो समय नेपालको सेयर बजारका हटकेक बनेका स्क्रिप्टमध्येको एक हो । देशको अग्रणी सिमेन्ट ब्राण्ड शिवमको बजार हिस्सा पनि अन्य सिमेन्टको भन्दा ठूलो छ । सिमेन्ट उद्योगहरुमध्ये सर्वसाधारणलाई सेयर जारी गरी नेप्सेमा सूचीकृत हुने शिवम् पहिलो कम्पनी पनि हो ।