काठमाण्डौ । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।

विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका राससले जनाएको छ।

उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए ।

स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।

शिवम सिमेन्टका मुख्य लगानीकर्तामध्येका एक सतिशकुमार मोरले बिजशालासँग कुरा गर्दै आगलागीबाट उद्योगमा भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र शिखर इन्स्योरेन्समा उद्योगको बिमा भएकोले धेरै क्षति व्यहोर्नु नपर्ने बताए ।