काठमाण्डौ । शिवम सिमेन्टको सेयरमा बिक्रीको उच्च चाप देखिएको छ । 

आइतबारदेखि दोश्रो बजारमा कारोबारमा आएको यो कम्पनीको सेयर मूल्य कारोबार सुरु भएको केही मिनेटमै १० प्रतिशतको हाराहारीमा घटेको हो । 

शिवम सिमेन्टको पहिलो कारोबार प्रतिकित्ता ४६४ रुपैयाँमा भएको थियो । ४६४ रुपैयाँमा २ हजार २० कित्ता कारोबार भएको थियो ।

नेप्सेले यो कम्पनीको सुरुवाती रेञ्जमा अधिकतम मूल्य ४८४ तोकेको थियो ।

मार्केट डेप्थमा शिवम सिमेन्टमा खरीद अर्डर शून्य देखिएको छ भने यो समाचार तयार पार्दासम्म बिक्रीको गर्नेको लामै लाइन लागेको देखिएको छ। 

लगानीकर्ताहरुले ४१८ देखि ४३० रुपैयाँसम्ममा ७९ हजार ६८३ कित्ता सेयर बिक्रीका लागि अर्डरमा राखेका छन् । तर, खरीद गर्ने नहुँदा बिक्री अर्डर म्याचिङ हुन सकेको छैन । 

शिवम सिमेन्टले सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँको दरले आइपीओ बिक्री गरेको थियो । 

यस्तै, आयोजना प्रभावितलाई प्रिमियमसहित २०० रुपैयाँको दरले आइपीओ बेचेको थियो ।