काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको रु. ३३.५१ करोडको आईपीओमा खरिद आवेदन दिने आज शुक्रबार अन्तिम अवसर रहेको छ ।
प्रतिमेगावाट लागत निकै कम रहेको शिव श्री हाइड्रोपावर लिमीटेडले आयोजना प्रभावितले नकिनेकोलाई समेत जोडेर ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ गत असोज १६ गतेबाट बिक्री खुला गरिएको थियो । आईपीओ निष्कासन छिटोमा असोज २४ गते ढिलामा कात्तिक १५ गते बन्द गरिने भनिएको छ ।
यो कम्पनीले आयोजना प्रभावितपछि सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित ३३ करोड ५१ लाख १४ हजार रुपैयाँबराबरको आइपीओ निश्कासन गरेको हो । यसअघि कम्पनीले पुस २७ देखि माघ ११ गतेसम्म आयोजना प्रभावितका लागि १४ लाख ७६ हजार ४ सय कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गरेको थियो । जसमध्ये ९ लाख ३६ हजार ५४० कित्ता बिकेको थिएन ।
आयोजना प्रभावित सिन्धुपाल्चोकबासीले नकिनेको सो कित्ता समेत जोडेर सर्वसाधारणका लागि कुल ३३ लाख ५१ हजार १४० कित्ता सेयर निश्कासन गरेको हो । आयोजना प्रभावितपछि यो यसअघि कम्पनीले सर्वसाधारणका लागि २२ लाख १४ हजार ६ सय कित्ता मात्र आइपीओ निश्कासन गर्ने योजना बनाएको थियो । तर, स्थानीयले सबै नकिनेपछि सर्वसाधारणमा जारी हुने कित्ता बढेको हो ।
निष्कासित आईपीओमध्ये सामूहिक लगानी कोष तथा कर्मचारीका कर्मचारीहरुलाई २ लाख ६८ हजार ९१ कित्ता छुट्याइएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ ।
यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फोरको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको अवस्था औसतभन्दा कमजोर छ भन्ने हो ।
हाल यो कम्पनीले सिन्धुपाल्चोकमा २२.२ मेगावाटको उपल्लो चाकु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५० लाख रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago