काठमाण्डौ । शिव श्री हाइड्रोपावर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा गएको छ । 

यो कम्पनी ७२ लाख ३५ हजार बढीले घाटामा गएको हो । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म ३ करोड ४८ लाखले घाटा भएको थियो । यसरी यो कम्पनीले घाटामा सुधार गर्दै लगेको देखिएको छ । 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढ्ने क्रममा रहेको देखिन्छ । फलस्वरुप अघिल्लो वर्षको यही अवधिमा १५ करोड ५० लाखमा सीमित यस्तो आम्दानी बढेर १७ करोड १० लाख माथि पुगेको छ । 

आम्दानीसँगै यो कम्पनीको प्रशासनिक र अन्य खर्च समेत बढेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म १ करोड ३८ लाखमा सीमित यस्तो खर्च बढेर यो वर्ष १ करोड ५७ लाख माथि पुगेको हो । 

कुल १ अर्ब ४७ करोड चुक्तापूँजी रहेको कम्पनीको रिजर्ब ८८ करोड ७० लाखले नेगेटिभ छ । 

कम्पनी घाटामा जाँदा वार्षिकीकृत प्रतिसेयर आम्दानी १.९६ रुपैयाँले नेगेटिभ बन्न पुगेको छ । मूल्य आम्दानी अनुपात ७१.४१ गुणाले नेगेटिभ छ भने तरलता अनुपात ०.६४ प्रतिशत मात्र रहेको छ ।

दोश्रो बजारमा डेढसय हाराहारीमा कारोबार भइरहेको कम्पनीको प्रति सेयर नेटवर्थ भने  ३९.९२ रुपैयाँमा सीमित बन्न पुगेको छ ।