-डा. राजेन्द्र भद्रा

आक्कल–झुकक्ल शीघ्र स्लखनको समस्या हनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै अनावश्यक चिन्ता गर्नु हुँदैन । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै पनि तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यौन जीवन सुखमय हुन नसक्दा पारिवारिक जीवनमा नै नकारात्मक असर पर्न सक्छ । शीघ्र स्खलनलाई कम गर्ने उपाय सुरु गर्नासाथ चटक्कै समाधान हुन्छ भन्ने कुरा सोच्नु ठीक नहोला । यस्ता उपायको प्रयोगबाट सफलता हासिल गर्न धैर्यता अनि निरन्तर प्रयासको आवश्यकता पर्न सक्छ ।

१ यौनसम्पर्क रोक्ने र सुरु गर्ने

यौन सम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्गलाई योनीबाट बाहिर झिकेर केहीबेर यौन क्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने । यसो गरेमा शीघ्र स्खलनको समस्यालाई कम गर्न केही सहज हुन्छ । अर्को कुरा, स्खलन होलाजस्तो भए पनि यौन सम्पर्कलाई रोकेर ध्यानलाई अर्कै कुरातर्फ लगाउन सकियो भने पनि मद्दत पुग्छ ।

२ आसन परिवर्तन गर्ने

धेरैजसो नेपाली जोडीमा लोग्ने मान्छे माथितिर र महिला तलतिर रहेर यौन सम्पर्क गर्ने चलन छ । यसो गर्दा विशेषतः पुरुषहरू मात्र सक्रिय हुन्छन् र यौन सम्पर्कलाई निरन्तरता दिँदै गर्दा पुरुषलाई वीर्य स्लखन नियन्त्रण गर्न गाह्रो हुन सक्छ । त्यसको सट्टा महिला माथितिर राखेर सक्रिय गराई यौन सम्पर्क गरेमा पनि शीघ्र स्खलनलाई कम गर्न सकिन्छ । यौन सम्पर्क गर्दा धक्काको प्रकार तथा गतिलाई एउटा लय दिएमा वीर्य स्खलन पनि ढिलो हुन पुग्छ । यदि, यौनसाथीलाई गति वा प्रकारमा परिवर्तन गर्नुपरे वा रोक्नुपरे संकेत गरेर वा स्पष्ट भन्नुपर्ने हुन्छ ।

३ लिङ् अँठ्याउने

यौन सम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनीबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ््याउने र वीर्य स्खलन हुन नदिने । यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने ।

४ वीर्य नलीलाई थिच्ने

वीर्य निस्केला जस्तो भएपछि अन्डकोष तथा मलद्वारबीचको नरम भागमा यस्तै तीन–चार सेकेन्ड थिचेमा वीर्य स्खलनलाई रोक्न सकिन्छ । यो कार्य आफैँले वा यौनसाथीले गरिदिए पनि हुन्छ ।

५ मांशपेशीको प्रयोग गर्ने

हामीले पिसाब गर्दा रोक्दै गर्दै गरिरहेका हुन्छौँ । पिसाव र रोक्न प्रयोग हुुने मांशपेशीलाई अंग्रेजीमा ‘प्युवोकक्सिजियस मसल’ भनिन्छ । यही मांशपेशीको कसरत गरेर जसरी पिसाब रोक्छौँ त्यसैगरी वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सकेमा पनि फाइदा पुग्छ ।

६ कन्डमको प्रयोग गर्ने

त्यस्तैगरी कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पु¥याउँछ ।

७ औषधिको प्रयोग

अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा ‘स्प्रे’हरू पनि बजारमा उपलब्ध छन् । ‘बेन्जोकाइन’ तथा ‘लिडोकाइन’ जस्ता औषधि भएका यस्ता उत्पादन लिङ्गमा प्रयोग गर्दा शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ ।

८ वीर्य स्खलन नियन्त्रणको अभ्यास

दीर्घकालीन उपचारका लागि हस्तमैथुन गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहो¥याउने । वीर्य स्खलनलाई राम्ररी नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो यौनसाथीसँग यौन सम्पर्क रहित यौन क्रियाकलापमा संलग्न हुने अर्थात् हस्तमैथुन वा पाक्कक्रीडा जस्तै क्रियाकलापमा संलग्न हुने तर यौन सम्पर्क भने नगर्ने । वीर्य स्खलन होलाजस्तो भएपछि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।

आफ्नो यौनसाथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरीकन र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने । अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई विस्तारै भगक्षेत्र (योनी क्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने, तर यौन सम्पर्क भने नगर्ने । यस्तो गर्दा वीर्य स्खलन होलाजस्तो भएमा यी क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।

वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले यौनसाथी बढी सक्रिय हुने गरेर यौन सम्पर्क सुरु गर्ने । अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध तरिका अवलम्बन गर्दै यौन सम्पर्कलाई अघि बढाउने । समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक हुन सक्छ ।

स्वास्थ्य खबरबाट