काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। सर्वोच्च अदालतले मंगलबार अपराह्न ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो। सोहीअनुसार राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। 

प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले साँझ ६ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।