काठमार्डाैँ । अर्थमन्त्री डा युवराज खतिवडालाई संयुक्त विद्यार्थी संगठनले शैक्षिक प्रमाणपत्र धितो राखेर निब्यार्जी व्यावसायिक ऋणकाे माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । आगामी बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुट्याउनसमेत उनीहरुले माग गरेका छन् ।
अर्थमन्त्री खतिवडालाई भेटेर ज्ञापनपत्र बुझाएका अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले जानकारी दिए ।
ज्ञापन बुझ्दै अर्थमन्त्री डा खतिवडाले आगामी बजेटमा विद्यार्थी संगठनहरुले उठाउनुभएको मागलाई अधिकतम सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेकाे बर्ताैलाले उल्लेख गरे ।
कावा अध्यक्ष बर्ताैलाले पछिल्ला केही वर्षको शिक्षाको बजेट हेर्दा सरकार शिक्षाप्रति अनुदार हुँदै गएकाले बजेट २० प्रतिशत विनियोजन गर्न माग गरिएको बताए।
ज्ञापनपत्रमा रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गरी स्वदेशमा नै युवालाई काम पाउने वातावरण बनाउन निश्चित शैक्षिक योग्यता प्राप्त युवा विद्यार्थीलाई आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखेर शैक्षिक र व्यावसायिक ऋण दिने व्यवस्था यसै आर्थिक वर्षदेखि कार्यान्वयन गर्न माग गरिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19