काठमाण्डौ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको चुनाव नजिकिँदैछ। निर्वाचनमा उम्मेदवारी दिँदै विभिन्न आकांक्षीहरुले आफूले जित्ने दाबी गर्दै चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
यसैबीच महासचिव पदमा उम्मेदवारी दिएका सन्तोष खड्काले मतदाताको आकर्षणको केन्द्र आफू रहेको दाबी गरेका छन्। रामेछापमा जन्मिएर कोरियालाई कर्मभूमि बनाई सक्रिय सामाजिक अभियन्ता एवं सक्रिय सञ्चारकर्मीका रुपमा आफूलाई स्थापित गरेका खड्काले विद्यार्थी र श्रमिकको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३–०२५ का लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन्।
खड्का हाल आधा दर्जन संघसंस्थाहरुका सल्लाहाकारसमेत छन्। विभिन्न सञ्चारगृहमा अतिथि सम्पादकका रुपमा समेत कार्यरत खड्का ‘मोटिभेसन’ वक्ताका रुपमा परिचित छन्। खड्काले भारत, थाइल्यान्ड, कम्बोडिया, लाओस, दक्षिण कोरिया, फिलिपिन्स गायत विभिन्न देशमा ‘मोटिभेसनल’ वक्ताका रुपमा आफ्नो प्रस्तुति दिइसकेका छन्। कोरियाको प्रतिष्ठित हान्याङ विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय अध्ययनमा स्नातकोत्तर गरेका उनी हाल विद्यावारिधि अध्ययनरत छन्।
विभिन्न सम्मेलनहरुमा धेरैपटक कोरिया आइसकेका उनी निरन्तर रुपमा भने अध्ययनको सिलसिलामा २०१३ देखि स्थायी रुपमा कोरियामा बसोबास गरिरहेका छन्। आफू विद्यार्थी र श्रमिक दुवै भएकोले विद्यार्थी र श्रमिकहरुको हकहितका लागि आफ्नो मुख्य प्राथामिकता हुने खड्का बताउँछन्। आफ्नो कार्यकालमा नारामा हैन साँच्चिकै एनआरएनए विद्यार्थी र श्रमिकमैत्री हुने उनले बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19