काठमाण्डौ । श्रीराम सुगर मिल्स लिमिटेडको गत साता सोमबार भएको सेयर कारोबार अर्को निर्णय नभइन्जेलसम्मका लागि राफसाफ तथा फछ्र्यौट स्थगित गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मिल्सलाई पत्र पठाएको र आवश्यक जानकारी तथा सूचना आएपछि मात्र त्यस दिन भएको कारोबारको राफसाफका विषयमा निर्णय लिइने जनाएको छ। नेप्सेका सीइओ चन्द्रसिंह साउदले बिजशालासँग भने, ‘मिल्सले हामीलाई साउन १२ गते उद्योग बन्द भयो भनेर पत्र पठाएको थियो। तर उक्त दिन पत्र ढिला आयो। त्यसैले पत्र आउनुअघि नै मिल्सको सेयर कारोबार भइसकेको देखिन्छ।’
मिल्सको आर्थिक अवस्था निकै जर्जर भएको ठहरसहित उद्योग व्यवस्थापनले उद्योग स्थायी रुपमा बन्द गर्ने निर्णय लिएको थियो। गत साउन १२ गते सोमबारका दिन मिल्सको प्रतिकित्ता ३३८ रुपैयाँमा ७१० कित्ता कारोबार भएको छ। जुन गत साउन १५ गते बिहीबारका दिन कारोबार राफसाफ हुनुपथ्र्यो। तर उद्योग नै स्थायी रुपमा बन्द भइसकेको कारोबारका विषयमा नेप्सेले थप अध्ययन गर्ने बताइएको छ।
बिजशाला स्रोतका अनुसार सरकारले मिल्स सञ्चालनको तयारी गर्न ग्रिन सिग्नल दिने हो वा कम्पनी पूर्ण रुपमा नै बन्द भएको थप यकिन गरेरमात्र मिल्सको भइसकेको कारोबार राफसाफ गर्ने बताइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19