काठमाण्डौ। श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी कम्पनीले बोनस सेयर सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ। 

कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्तावित ७.३७ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामै जम्मा गरिदिएको हो। कम्पनीले सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिएको जनाएको छ।  

हालसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्न पनि कम्पनीले आग्रह गरेको छ। त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले स्पष्ट पारेको छ। 

गत आर्थिक वर्षका लागि कम्पनीले कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। जसमा ७.३७ प्रतिशत बोनस सेयर र ३.१६ प्रतिशत नगद (करसहित) रहेका छन्। प्रस्तावित लाभांश कम्पनीकाग गत पुस २९ गतेसम्म वार्षिक साधारणसभाले अनुमोदन गरेको थियो।