काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सलाई उडानमा रोक लगाउँदै सबै जहाज ग्राउन्डेड गरेको छ।
जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न श्री एयरलाइन्सलाई क्यानले निर्देशन दिएको हो। क्यानको निर्देशनसँगै आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान भर्न पाउने छैनन्।
अर्को निर्णय नहुन्जेलसम्म श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरिएको पत्र क्यानले काटेको छ। श्री एयरलायन्सका जहाजहरुको इन्जिनको सुरक्षा जाँच र प्राविधिक र मेकानिकल पार्ट सबै परीक्षण गरेर उड्नयोग्य भएमा मात्रै उडान अनुमति दिइने क्यानले जनाएको छ।
श्री एयरलाइन्सका साना–ठूला गरी ८ वटा जहाज छन्।
हिजो बिहीबार काठमाण्डौबाट भैरहवा उडान भरेको श्री एयरलाइन्स जहाजको एक इन्जिनमा आगो लागेको संकेत मिलेपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19