काठमाण्डौ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीको सवा २ लाख बढी कित्ता संस्थापक सेयर साधारण सेयरमा परिमार्जन गरिएको छ।

संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले २ लाख २७ हजार ७५०.५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिमार्जन गरेको हो। नेप्सेको आजको निर्णयबाट अब उक्त सेयर साधारण समूहमा कारोबार हुने व्यवस्था मिलाइएको छ। 

कम्पनीमा यसअघि संस्थापक समूहको ५२.३२ प्रतिशत र सर्वसाधारण समूहको ४६.६८ प्रतिशत सेयर स्वामित्व रहेको थियो। कम्पनीले त्यसलाई परिमार्जन गर्दै संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ।