काठमाण्डौ। श्री एयरलाइन्सले आज आइतबारका सबै उडान स्थगित गरेको छ।
श्री एयरलाइन्सले शनिबार राति विज्ञप्ति जारी गर्दै ‘प्राविधिक समस्या’ सामना गर्नु परेका कारण असार १७ गतेका सबै आन्तरिक उडान स्थगित गरेको जनाएको हो। सबै जहाजको प्राविधिक जाँचका लागि उडानहरु स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ। ‘प्राविधिक समस्या नदोहोरियोस् भनी असार १७ का दिन हुने यस एयरलाइन्सका सम्पूर्ण उडान स्थगन गरी सबै विमानको सम्पूर्ण प्राविधिक परीक्षण गर्ने निर्णय गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।
श्री एयरलाइन्सले सोमबारदेखि पुनः उडान सञ्चालन गरिने जनाउँदै आइतबार टिकट खरिद गरिसकेका यात्रुहरुसँग माफी मागेको छ।
काठमाण्डौबाट धनगढीका लागि शनिबार दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो। प्राविधिक समस्या देखिएपछि धनगढी उडेको विमान पुनः काठमाण्डौ नै फर्काएर अवतरण गराईएको थियो।
यही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने कम्पनीले निर्णय लिएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19