काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले  कर  प्रयोजनसहित ५.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।