काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। 

सिराहाको गोलबजार–७ चोरहवामा रजिस्टर्ड कार्यालय रहेको संस्थाले ३ करोड ३७ लाख २ हजार ५०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले १०० अंकित दरका कुल ३ लाख ३७ हजार २५ कित्ता आईपीओ निष्कासन गर्नेछ। 

यसैबीच संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ। 

यससम्बन्धी सम्झौतापत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।